नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो



धादिङः पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक साढे चार घण्टापछि खुलेको छ ।

बिहान ६ बजेबाट अवरुद्ध भएको सडक साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । दुबैतर्फ बाटो खुल्न अझै केहि समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका-२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । बाटो खुलेपनि सवारी साधनको लामो जाम भने अझै हटेको छैन । वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्