किर्ते कागज बनाएर विद्यालय बिक्री, अख्तियारमा उजुरी



कञ्चनपुर : खप्तड शिक्षा सदनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा उजुरी परेको छ ।

शुक्लाफाँटा नगरपालिका १० मा दर्ता भएको देखाएर केही समयअघि विद्यालय स्थानान्तरण दिनका लागि सिफारिस गरिएपछि विवाद बाहिर आएको थियो ।

विवाद बाहिर आएपछि शुक्लाफाँटाका शिक्षा प्रमुखलाई कामकाज गर्न रोक लगाएको छ । उनलाई कारबाहीका लागि तालुक मन्त्रालयमा सिफारिस गरिएको छ ।

विद्यालय प्रकरणमा नगर प्रमुख दिल बहादुर ऐरले गल्ती स्वीकार गर्दै क्षमा मागेका छन् । नगरपालिकाले शिक्षा शाखा प्रमुखलाई कारबाहीका लागि सिफारिस गरेपछि अख्तियारमा उजुरी परेको हो ।

अख्तियारमा परेको उजुरीमा स्कुल बेचबिखन प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही माग गरिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भए पनि विद्यालय सञ्चालन गरिएको थिएन ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्