पत्रकार पहराइ मृत फेला



सुखडः कैलालीमा एक पत्रकार मृत फेला परेकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् ।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएका छन् ।

उनका अनुसार घोडाघोडी नगरपालिका वडा नं.४ की उनी जिल्लाको कैलाली एफएममा कार्यरत थिईन् । उनी २१ गतेबाट सम्पर्क विहीन भएकी थिईन् ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिए ।

उनका अनुसार वडा नं.५ मा उनी मृत फेला परेकी थिईन् । ३ दिनअघि घरबाट सुखड जान्छु भनि हिडेकी उनी त्यसयता सम्पर्क बिहिन रहेको बताइएको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्