कैलालीको हरिनगरमा प्रहरी पोष्ट स्थापना



सुखडः कैलालीको घोडाघोडी नगर पालिकाको हरिनगरमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।

पालिकाको वडा नं.७ हरिनगरमा पुर्व सामाजिक विकास मन्त्री एमं सुदुरपश्चिम प्रदेश सांसद दिर्घराज सोडारीले प्रहरी पोष्टको उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद सोडारीले प्रहरीको पहुचले समाजमा हुने नकरात्मक क्रियाकलाप तथा दुर्घटनाहरुमा कमी आउने बिश्वास ब्यक्त गरे ।

यस्तै सुदुरपश्चिम प्रदेश सांसद अमर बहादुर साउँदले प्रहरी पोष्टको स्थापनाले नगरबासीमा ठुलो आत्मबल बढेको र यसको बृहत्तर विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए ।

वडा अध्यक्ष धन बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद, प्रहरी प्रमुख, नगर प्रमुख ममता प्रसाद चौधरी, उप-प्रमुख प्रेम कुमारी थापा, अन्य वडा अध्यक्षहरु तथा सरोकारवालाको उपस्थिती थियो । अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ७ जना प्रहरी परिचालन हुनेछ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्