संविधान ‘सेलिब्रेसन’ गर्ने समय आइपुगेको छैन : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय नआइपुगेको बताएका छन् ।

आज (शनिबार) काठमाडौं उपत्यकासहित देशभर संविधान दिवस मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बसेको छ ।

सरकारले सबै नागरिकलाई घरघरमा नेपालको झण्डा फहराउन र दीपावली मनाउन अनुरोध गरेपनि प्रदेश २ मौन भएको छ । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलका अनुसार यसपटक मन्त्रिपरिषदको निर्णयले कुनै पनि कार्यक्रम निर्धारण गरेको छैन । उनले केन्द्रबाट घोषित कार्यक्रम अनुसार राष्ट्रिय झण्डा फहराइने र साँझ दीपावली गरिने छ ।

यता सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधान ‘सेलिब्रेसन गर्ने समय आइनपुगका कारण प्रदेश सरकारले कुनै कार्यक्रम तय नगरेको बताए ।

यसैबीच जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्