सांसद चन्दा चौधरीद्वारा टेन्ट र त्रिपाल हस्तान्तरण



महोत्तरी : मटिहानी नगरपालिकाका बाढी पीडितहरुलाई भारत सरकार एवं नेपाल–भारत महिला मैत्री समाज काठमाडौंले टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल–भारत महिला मैत्री समाज काठमाडौंका अध्यक्ष एवं सांसद चन्दा चौधरीले टेन्ट २५, त्रिपाल ५० गरी करिब ७५ थान राजकीय संस्कृत मावि मटिहानीमा नगर प्रमुख हरि प्रसाद मण्डल र जलेश्वर नगरपालिकामा नगर प्रमुख रामा शंकरलाई आज (शनिबार) हस्तान्तरण गरेकी छन् ।

No description available.

सांसद चौधरीले नेपालका विभिन्न जिल्लामा बाढीपहिरोबाट पीडित परिवारहरुलाई भारत सरकारको सहयोगमा राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरेको बताइन् ।

No description available.

मटिहानी नगरपालिकाका प्रमुख (मेयर) हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीयहरु रामकुमार मण्डल, उपेन्द्र चौधरी, विजय कुमार साह, उमाशंकर साह, बैद्यनाथ मण्डल, नागेन्द्र लाल कर्ण र प्रा. हेमनारायण लाल कर्ण लगायतका वक्ताहरुले प्राकृतिक प्रकोपलगायत अन्य क्षेत्रमा भारत सरकारको सहयोगको सराहना गरेका थिए । प्राप्त सामग्री चाँडै प्रभावितहरुलाई वितरण गरिने कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।

No description available.

त्यस्तै जलेश्वर नगरपालिकाका मेयर रामा शंकर मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुरेश सिंह सभापति, उपमेयर सुरेश पाण्डे, वाडा नं २ अध्यक्ष बरूण दाहाल, वाडा नं १ अध्यक्ष अनिल झा , वाडा नं ३ अध्यक्ष रविन्द्र साह स्थानीयहरु विनोद मण्डल मण्डल, रोशन ठाकुर लगायतका वक्ताहरु प्राकृतिक प्रकोप लगायत अन्य क्षेत्रमा भारत सरकारको सहयोगको सराहना गरेका थिए । प्राप्त सामाग्री चाँडै प्रभावितहरुलाई वितरण गरिने कुरा नगर प्रमुखले जनाए ।

No description available.
No description available.

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्