निःशुल्क स्वास्थ्य शिविरमा २५४ बिरामीको उपचार



जनकपुरधाम : कोरोना महामारीको समयमा अन्य रोगका बिरामीहरु उपचार सेवाबाट वञ्चित रहेको अवस्थालाई दृष्टिगत गर्दै महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आज (शनिबार) जनकपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

महामारीसँग जुद्धिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले जनकपुरधाम उपमहानगरपालिका–२३ लादो बेलामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

No description available.

शनिबार आयोजना गरिएको सो स्वास्थ्य शिविरमा २ सय ५४ जना बिरामीले उपचार सेवा पाएको तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए । स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरु उपचार सेवा पाएको उनले बताए । यसका साथै बिरामीहरुलाई चेकजाँच गरेर औषधीहरु समेत उपलब्ध गराइएको थियो ।

No description available.

निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो । उनले भने, ‘हामीले अलग अलग वडामा प्रत्येक साताको शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेका छौं ।’

No description available.

सो शिविरमा विभिन्न विभागका चिकित्सकहरु डा.शरद यादव, डा.अमित रञ्जन मिश्रा, डा.रोहित रञ्जन मिश्रा, डा.सज्जन ठाकुर, डा.सन्तोष साह, डा.विकास साह, डा.अभिषेक विलास पन्त, डा.विजय साह, डा.शशिभुषण ठाकुर, डा.अभजित साह, डा.नेहा साह, डा.राजेश साह, डा.कुपेश्वर यादव, डा.अनिल कुमार साह, डा.मेहबुब, डा.कुमार सम्भव, डा.राजु साह, डा.विकास साह तथा पारामेडिक्सहरु जितेन्द्र कुमार यादव, सुमन कुमार ठाकुर, घनश्याम झा, गोविन्द कुमार साह, मो।तमन्ना राईन, मुकेश सिंह, रमेश सिंह र दिलिप साहलगायतकाहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

No description available.

कार्यक्रममा आयोजकको तर्फबाट स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमका ब्यवस्थापन समितिका सदस्यहरु मनोज साह, जिबनाथ चौधरी, निर्मल चौधरी, शम्भु साह, दिपक ठाकुर, अखिल मढी, राहुल मिश्रा, गोबिन्द चन्दन राय , अविनास सिंह राजपुत, सत्यम सिंह, सम्झना वर्मा, माया साह, अमित पाठक, बलराम गुप्ता, बलराम साह, आनन्द दास, दिपक गुप्ता, मो।सरताज लगायतकाहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रकाशितः असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्