कोरोनाबाट बबई बहुमुखी क्याम्पस प्रमुखको निधन



बर्दियाः बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पस प्रमुख ५२ वर्षीय विनोद अग्रवालको कोरोनाका कारण निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा अग्रवालको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका अग्रवाललाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या नदेखिएपछि होम आइसोलेसनमा बसेका थिए । शनिबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले क्याम्पस प्रमुख अग्रवालको कोरोनाका कारण निधन भएको जानकारी दिए ।

उनले भने,‘कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका चिफ, मेरो आदरणीय गुरूको कोरोनाका कारण दुःखद निधन भएको खबर थाहा पाए ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्