सुरक्षाका लागि थापिएकाे विद्युतिय धरापमा परेर एककाे मृत्यु, दुर्इ घाइते



जनकपुरधाम : चाेर र जनावरबाट कुखरा बचाउन थापिएकाे विद्युतिय धरापमा परेर एक एक जनाकाे मृत्यु भएकाे छ ।  महाेत्तरीकाे अाैरही नगरपालिका- ९ का ४० वर्षिया मीना देवीकाे करेन्ट लागेर मृत्यु भएकाे हाे । घटनामा मृतक मीणाका श्रीमान सुरेश सहनी र भतिजा राजा सहनी घाइते भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र बहादुर खड्काका अनुसार मिथिलेश कुखुरा फार्ममा सुरक्षाका लागि थापिएकाे विद्युतिय धरापमा भतिजाे परेपछि बचाउन गएकी मीना देवीकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने उनलार्इ बचाउन गएका श्रीामान सुरेश घाइते भएका हुन् ।

 

घाइते काका भतिजाकाे जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार हुँदैछ । मृतक मिना देवीको शवलाई पोस्टमार्टमको लागि महोत्तरी सदरमुकाम जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।

घटनाबारे छलफल अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्