नेकपा सचिवालय बैठक आज : नियुक्तिका विषयमा चर्काचर्कीको संकेत



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

पछिल्लो समय राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आलोचना गर्न थालेपछि बैठक बालोइएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो ।

पार्टीमा सल्लाहै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरु असन्तुष्ट छन् ।

आजको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिका विषयमा चर्काचर्की हुने संकेत देखिन्छ ।

प्रधानमन्त्रीले पार्टीमा कुनै परामर्श नगरि निर्णय लिएको शीर्ष नेताहरुले मिडियामा सन्तुष्टि व्यक्त गरेको पाइन्छ ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पनि छलफल हुने बताइएको छ । नेकपामा केही मन्त्रीलाई मन्त्रिपरिषद्बाट हटाउने र थप्ने नयाँ पात्रको विषयमा पनि सहमति जुट्न सकेको छैन ।कार्यदल, स्थायी

समिति र सचिवालयको म्यान्डेटअनुसार प्रधानमन्त्री जान नचाहेपछि समस्या खडा भएको देखिन्छ ।

प्रकाशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्