उपत्यकामा ११७७ सहित देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ सहित देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभरका प्रयोगशालामा २१ हजार ९७८ नमुना परीक्षण गर्दा २१२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्