प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाललाई कोरोना संक्रमण



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आज (शनिवार) ट्विटमार्फत आफूलाई (कोभिड-१९) पोजिटिभ भएको जानकारी गराएका छन् । ‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।”-उनले ट्विटरमा लेखेका छन् ।

यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित :१७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्