अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ७ जना घाइते



चितवन : आज चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३-०३००१ह ४४७ नं.को अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५० प ४५५० नं.को मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका-४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अटो चालकसहित सवार अन्य ६ जना पनि घाइते भएको शर्माले बताए । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित : १७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्