काँग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापासहित ७० जनामा कोरोना संक्रमण



काठमाडौंं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारीसहित २७० जनाको कोरोना परीक्षणमा ७० जनाको रिपोट पोजेटिभ आएको हो ।

साथै अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्