सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण



काठमाडौं : नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।

आज (मंगलबार) आएको पिसिआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण भएको उनले बताएकी छिन् ।

उनले भनिन्,‘म कोठामै आइसोलेसनमा बसेकी छु । रुघा धेरै लागेको छ । टाउको पनि दुखेको छ । दम दिर्घरोगी भएकाले कोठामै बसेर हुँदैन कि भन्ने लागेको छ ।’

सोमबारसम्म देशभर ८९ हजार २६३ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या भने २३ हजार ५०७ रहेको छ । हालसम्म ६५ हजार २०२ जना कोरोनाबाट निको भएका छन् ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्