आज ‘विश्व दृष्टि दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं : आज अक्टोर ८ तारिख आर्थत् ‘विश्व दृष्टि दिवस’ विश्वभर मनाइँदै छ ।

नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा.कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए ।

आँखामा सानो हेलचेक्रयाई गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने भएकाले मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा.खड्काले बताए ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्