किशोरीको हत्या आरोपमा एकजना पक्राउ



रौतहट : प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका-४ छतौना टोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय फुल महम्मद रहेका छन् । प्रहरी अनुसन्धान अनुसार सोही ठाउँ बस्ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरेको देखिएको छ ।

घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई बुधबार राति पक्राउ गरेको हो । घटनामा संलग्न ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी भने फरार रहेको प्रहरी जनाएको छ ।

प्रकाशित :२२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्