आज नेप्से ११ अंकले घट्यो, करिब ३ अर्बको कारोबार



काठमाडौं : साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुिरसुचक ११ अंकले घटेको छ ।

आज ११ बजे १६००.९७ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म ११.३४ अंकले घटेर १५८९.६३ को बिन्दु आई कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.७१ प्रतिशतले घटेको छ ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेका छन् । अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर ४८ हजार १९९ पटक खरिद विक्री हुदाँ २ अर्ब ९० करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित :२२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्