नेकपाका वरिष्ठ नेता नेपाल अस्पतालबाट डिस्चार्ज, एकसाता भेटघाट बन्द



काठमाडौं : सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वास्थ्य लाभ गर्ने जनाउँदै औपचारिक कार्यक्रम एवं कार्यकर्ता भेटघाट रोकेका छन् । रुघाखोकी र ज्वरो आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका नेपाल बुधबार डिस्चार्ज भएका थिए। 

उपचारमा संलग्न चिकित्सकले दिएको सल्लाहअनुसार एक हप्ता आराम गर्नुपर्ने भएकोले भेटघाट बन्द गरिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनी घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

आइतबार भर्ना भएका नेपाललाई तीन दिन अस्पतालमै राखेर उपचार गरिएको थियो । हावाहुरीका कारण घाइते भएकाहरुको अवस्था बुझ्‍न उनी एक साता अघि बारा जिल्ला पुगेका थिए । त्यसलगत्तै नेता नेपाल बिरामी परेका थिए । उपचारमा संलग्न शिक्षण अस्पतालका फिजिशियन डा. निरज बमकाअनुसार नेपाललाई निमोनिया भएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्