तत्काल मन्त्रिपरिषद हेरफेर नहुने, रिक्त मन्त्रालयको लागि मन्त्री नियुक्त गर्न अध्यक्षद्वय सहमत



काठमाडौं : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ ।

मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नहुने भएके हो । भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो ।

त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारेमा छलफल भएपनि कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको बताइएको छ ।

मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय नभए पनि रिक्त रहेका ३ वटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न सहमत छन् । दुबै जनाबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा १-२ दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्