भिभो मोबाइल किन्दा लक्की ड्रमार्फत उपहार



काठमाडौं : अब भिभो मोबाइल किन्दा लक्की ड्रमार्फत उपहार पाइने भएको छ ।

१५ हजार माथिको भिभो मोबाइल किन्दा विना लागत समान मासिक किस्ता (इएमआइ) र शुन्य अग्रिम भुक्तानी लगायत सुविधा रहने कम्पनीले जनाएको छ ।

साथै लक्की ड्र मार्फत १२ हजार बढी भिभोका ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी, इएरबड, पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोन लगायत उपहारहरु पाइने छ जसमध्ये दुई भाग्यशाली ग्राहकले बम्पर उपहार मार्फत १२५ सिसीको टिभिएसको एनटर्क स्कुटर जित्न सकिने भएको छ ।

दसैंको अवसरमा ल्याइएको उपहार योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल भरका भिभोको आधिकारीक तथा खुद्रा बिक्री केन्द्रमा लागू हुने छ ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्