बैतडीमा जिप दुर्घटना, १० जना घाइते



बैतडी : जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ जाँदै गरेको से १ ज ८ नं।को जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दिएको जानकारी अनुसार घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ४ का ४५ बर्षीय बलबीर सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुरराम सार्की, २६ बर्षीय अर्जुन सार्की रहेका छन् ।

यस्तै सोही ठाउँका २६ वर्षीय अर्जुन सार्की, ६६ बर्षीय रामीराम सार्की, २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राइजनराम सार्की, ३१ बर्षीय सुरेशराम सार्की र २८ बर्षीय सुरेश सार्की पनि घाइते भएका छन् ।

घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेका छ । दुर्घटनाको कारण खुलेको छैन भने थप अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्