बनारसमा नरेन्द्र मोदीविरुद्ध चुनावी प्रतिस्पर्धा गर्दै पूर्वन्यायाधीश



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीविरुद्ध बनारसमा पूर्वन्यायाधीश जस्टिस कर्णन लोकसभा चुनावमा उत्रने भएका छन्। उनी कोलकाता र मद्रास हाईकोर्टका पूर्वन्यायाधीश हुन्।

६३ बर्से कर्णनले मध्य चेन्नई लोकसभा सिटबाट यसअघि नै उम्मेदवारी दिइसकेका छन्। जस्टिस कर्णनले सन् २०१८ मा एसिडिपी (एन्टी करप्सन डाइनामिक पार्टी) गठन गरेका थिए। उनले एसिडिपीको उम्मेदवारका रूपमा मनोनयनपत्र निर्वाचन आयोगमा दर्ता गराएका छन्।

जस्टिस कर्णनलाई पदमा रहेकै बेला अदालतको अवहेलना गरेको अभियोगमा दोषी पाइएको थियो। पदमा रहँदा अदालतको अवहेलना गरेको दोषी ठहरिएका उनी भारतका पहिलो न्यायाधीश हुन्। दोषी ठहरिएपछि उनलाई अवकाश पाइसकेपछि सन् २०१७ जुन मा सजायबापत ६ महिना जेल बसेका थिए।

प्रतिक्रिया दिनुहोस्