
१. बर्डफ्लु नामको रोग कुन भाइरसका कारण सर्छ ?
– एचफाइभ एनवन
२. नेपालमा सहिद स्मारक कुन जिल्लामा रहेको छ ?
– मकवानपुर
३. नेपालमा हुलाक सेवा कहिले प्रारम्भ भयो ?
– वि.सं. १९३५
४. नेपालमा वन्यजन्तु सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
– वि.सं. २०५३
५. नेपालमा हात्तीपोलो खेलको सुरुवात कहिले भएको हो ?
– सन् १९८२
६. चीन चन्द्रमामा पुग्ने कतिऔँ देश हो ?
– तेस्रो
७. सूर्य नेपाल मास्टर्स कुन खेलसँग सम्बन्धित छ ?
– गल्फ
८. रूपवाहिनी कुन देशको राष्ट्रिय टेलिभिजन च्यानल हो ?
– श्रीलंका
९. नेपाल विश्व हुलाक संघको सदस्य कहिले भयो ?
– २०१३ असोज २६
१०. २०६८ का अनुसार नेपालमा कति कृषि परिवार छन् ?
– ३८ लाख ३१ हजार
११. रुसले कहिले चन्द्रमामा टेकेको थियो ?
– सन् १९५९
१२. संविधानसभाको दोस्रो निर्वाचन कहिले भयो ?
– २०७० मंसिर ४ गते
१३. पद्यश्री सम्मान कुन दिन प्रदान गरिन्छ ?
– कोजाग्रत पूर्णिमाको दिन
१४. नेपालमा पहिलो पटक विज्ञान दिवस कहिले मनाइयो ?
– वि.सं. २०७० असोज १ गते
१५. छैटौं गणतन्त्र दिवस कहिले मनाइयो ?
– वि.सं. २०७० जेठ १५
१६. नेपालमा पहिलो पटक भँगेरा गणना कहिले गरियो ?
– वि.सं. २०६८ चैत ४ र ५
१७. विश्वमा भँगेरा दिवस कहिले मनाइन्छ ?
– मार्च २० मा
१८. विश्वकै तीव्र गतिको रेलको नाम के हो ?
– बुलेट ट्रेन
१९. वाग्मती सरसफाइ महाअभियानको उद्घाटन कहिले भयो ?
– २०७० जेठ ६ गते
२०. विश्वमा बन्जी जम्पको सुरुवात कुन देशबाट भएको हो ?
– न्युजिल्यान्ड