नेपाल बाल संगठन कैलाली शाखाको अध्यक्षमा भट्ट



धनगढीः नेपाल बाल संगठन कैलाली शाखाको अध्यक्षमा चुडामणी भट्ट चयन भएका छन् ।

नेपाल बाल संगठनको केन्द्रिय समितिले नै कैलाली शाखाको अध्यक्षको जिम्मेवारी भट्टलाई दिएको हो । देशभरीकै समितिहरु भङ्ग गरी नयाँ समिति गठन गरिएको छ ।

भट्ट कैलाली वहुमुखी क्याम्पसका स्ववियु सभापति थिए । उनी अनेरास्ववियुका केन्द्रिय सदस्य रहेका छन् ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्