टेकु अस्पतालद्वारा म्याद सकिन लागेका औषधि खरिद



काठमाडौं : ८५ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफैँ थला परेको छ। हैजा रोगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण हो।सबै खालका ज्वरो जस्तै, कालाज्वर, टाइफाइड फिबर, डेंगु, जापाजिन इन्सेफ्लाइटिस, एचआईभी रोगका लागि यो अस्पताल प्रमुख हो।

देशका कुनाकाप्चाबाट बिरामी ‘रेफर’ भएर यहाँ आउँछन्। नयाँ पत्रिका दैनिक लेख्छ, यति महत्त्वपूर्ण अस्पताललाई सरकारले खासै प्राथमिकतामा राखेको छैन। अस्पतालका सेवा  नियमित छैनन् भने उपकरण अभावका कारण गम्भीर।

प्रकृतिका बिरामी निजी अस्पताल लैजानुपर्ने बाध्यता छ। अस्पतालले २०७४ असोज २ गते वेल हेल्थ केयर प्रालिबाट दुई लाख ६६ हजार रुपैयाँ बराबरको एल्लो फेभर भ्याक्सिन खरिद गर्‍यो। तर भ्याक्सिनको म्याद २०७५ वैशाख १७ गतेसम्म मात्र थियो।

अस्पतालले आपूर्तिकर्तासँग गरेको सम्झौताअनुसार खरिद गरेको औषधिअस्पतालले बुझ्दा कम्तीमा १८ महिनाको म्याद हुनुपर्ने थियो। आठ महिना मा म्याद रहेको औषधि अस्पतालले स्वीकार गरेको थियो। यस्तै अस्पतालको फार्मेसीका केही औषधिको म्याद सकिएको पाइएको छ। केही औषधि अस्पतालले म्याद सकिन लागेको अवस्थामै किने भेटिएको छ।

 

प्रतिक्रिया दिनुहोस्