हनुमान ढोकामा राखियो जमरा



काठमाडौं : काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले आज बिहान ११ बजेर ४६ मिनेटमा विशेष साइतमा जमरा राखिएको हो ।

देशभर कोरोना संक्रमणका कारण यो वर्ष केही समस्या भएपनि सामाजिक दुरी र सुरक्षाको मापदण्ड पुरा गरेर घटस्थापना गरिएको छ। आज दशैंको पहिलो दिन घटस्थापना । नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा पनि जमरा राखिएको हो।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्