नेपालमा थप ३०९३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र थपिए १७०२ संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिएका छन।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढि रहेको छ।

मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। जस अनुसार ७८ जना भेन्टिलेटरमा र २७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्