नेपालमा थप ५७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र थपिए ३१०७ संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्