उपत्यकामा थपिए १६१५ जना नयाँ संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारी अनुसार संक्रमित हुनेमा ७०४ महिला र ९११ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा बिहीबार देशभर भने कोरोना संक्रमित २ हजार ३६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्