ला लिगा : रियलले हुयस्कासँग खेल्दा, बार्सिलोनाले डिपोर्टिभो अलाभेसको सामना गर्ने



काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) रियल मड्रिड र एसडी हुयस्काबीचखेल हुने भएको छ। रियलले घरेलु मैदानमा हुयस्कासँग खेल्ने खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।

रियलले ६ खेलमा १३ अंक जोडेर रियल तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै औ हुने अर्को खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेससँग उसैको मैदानमा खेल्नेछ ।

खेल राति १:४५ बजे सुरु हुनेछ । बार्सिलोना ५ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यसैबीच ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले ओसासुनासँग र सेभियाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्