प्रिमियर लिग : लिभरपुल र वेस्ट ह्याम भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) लिभरपुल र वेस्ट ह्याम युनाईटेडबीच खेल हुने छ। लिभरपुल र वेस्ट ह्यामबीचको खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।

लिभरपुल ६ खेलमा १३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ भने वेस्ट ह्याम ८ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाईटेडसँग र चेल्सीले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्