वेस्ट इन्डिजको टिम न्युजिल्याण्डमा



काठमाडौं : वेस्ट इन्डिज क्रिकेट टिम न्युजिल्याण्डको क्राइसचर्च पुगेका छन् । घरेलु टिमसँगको टेस्ट र टी-ट्वान्टी सिरिजका लागि वेस्ट इन्डिजको टिम शुक्रबार न्युजिल्याण्ड पुगेका हुन् ।

अब २ साता क्वारेन्टिनमा बस्ने र कोरोना परिक्षणपछि वेस्ट इन्डिजका टिम अभ्यासमा सामेल हुने छन् । वेस्ट इन्डिजले न्युजिल्याण्डसँग २ खेलको टेस्ट र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्