बाजुरामा जीप दुर्घटना हुँदा बालकको मृत्यु, दुई घाइते



बाजुरा : ताप्रीसेराबाट बेलकाटीयाका लागि गएको से १ ज ११८० नम्बर जीप बाजुरा जिल्लामा जीप दुर्घटना हुँदा ४ वर्षीय बालको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

से १ ज ११८० नम्बर जीप बुढीगंगा नगरपालिका– ४ को बेलकाट्यामा शनिबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेमा बुढीगंगा नगरपालिका– ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्