भूकम्प मापन केन्द्र मै भूकम्प



गाेरखा : गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भतकाएका घर अन्य संरचना पुननिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै  छ। 

ज्यादै न्युन जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखामा भूकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् ।

 

बारपाक भूकम्पपछि केन्द्रका कर्मचारी २४ सै घण्टा खट्न थालेका थिए तर, कामको प्रकृति अनुसार कर्मचारी नियुक्त नहुँदा व्यावहारिक कठिनाई थपिन थालेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् । 

हामी शनिवार पनि भन्न पाउँदैनौँ, न त अन्य सार्वजनिक बिदामा ढुक्क भएर घर बस्ने अवस्था छ, जनशक्ति ज्यादै थोरै भएपछि हरेक दिन आफिस जानैपर्ने बाध्यता छ । उनले भने ।  याे खबर आजको नेपाल समाचारपत्रबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्