नेपालका लागि भारतीय राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता



काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले र परराष्ट्र सचिव भारतराज पौड्याबीच भेटवार्ता भएको छ ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउनुभन्द केही घण्टा अगाडि उनीहरुबीच भेटवार्ता भएको हो । भारतीय सेना प्रमुख नरवणे तीन दिने नेपाल भ्रमणमा आज अपराह्न काठमाडौं आउँदैछन् ।

भेटबारेमा क्वात्राले नेपाली भाषामै ट्विटमार्फत जानकारी दिएका छन् । उनले ट्वीटमा भनेका छन– ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’

परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।

गत २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित : कात्तिक १९, २०७७

प्रतिक्रिया दिनुहोस्