अर्थमन्त्री पौडेलसँग भारतीय राजदूत क्वात्राको भेटवार्ता



काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन् । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार, लगानी र (कोभिड-१९) महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोग र (कोभिड-१९) विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै थप सहकार्य आवश्यक रहेको बताए । राजदूत क्वात्राले नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशितः १९ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्