जोन अब्राहम ‘पठान’ का लागि २० करोड पारिश्रमिक लिदै



मुम्बई : भारतीय अभिनेता जोन अब्राहमको फिल्म पछिल्लो समय हिट हुँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै आएको छ ।

आजभोलि जोन ‘सत्यमेव जयते २’ को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकनपछि उनी ‘पठान’ फिल्मका लागि तयार हुने भारतीय संचार माध्यमले जनाएका छन् ।

हालै खबर आएको छ कि, जोनले ‘पठान’ फिल्मका लागि २० करोड (नेपाली ३२ करोड रुपैयाँ ) पारिश्रमिक लिएका छन् । यद्यपि फिल्म निर्माताले यसबारेमा भने कुनै पुष्टि गरेका छैनन् ।

‘पठान’ मा जोनका साथ दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मको छायांकन छिट्टै थालिने जनाइएको छ । यो फिल्म यशराज फिल्मसको ब्यानरमा निर्माण हुन लागेको बताइएको छ ।

प्रकाशित :२० कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्