विप्लवको शिक्षक संगठनका अध्यक्ष मुलुककै उत्कृष्ट, ‘जनसेवा श्री’ पदकबाट विभूषित



काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेकपा निकटका शिक्षक घनश्याम पाठक नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपतिद्वारा जनसेवा श्री पदकले विभूषित भएका छन् । उनले मुलुककै उत्कृष्ट शिक्षक तथा शैक्षिक व्यवस्थापकको रूपमा राष्ट्रपतिद्वारा राष्ट्रिय सम्मान पाएका हुन् ।

बुटवलको कालिका मानव ज्ञान माविका प्रधानाध्यापक पाठक नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष हुन् ।

पाठकले नेतृत्व गरेको कालिका मानव ज्ञान मावि चार वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याउने विद्यालयको रूपमा परिचित छ । सो विद्यालयमा हाल ५ हजार ५ सय २९ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्