प्रधानमन्त्री ओलीसँग सेनाध्यक्ष नरवणेको भेट



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको शिष्टाचार भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा भेटवार्ता शुरु भएको हो । यसअघि भारतीय सेनाध्यक्ष नरवणे नेपालका हिमालहरुको दृश्यावलोकन गरेका थिए । उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : २१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्