इंग्ल्यान्डसँगको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि दक्षिण अफ्रिकी टिमको घोषणा



काठमाडौं : दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाले घरेलु मैदानमा इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टिमबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर २७ मा सुरु हुने र डिसेम्बर ४ बाट एकदिवसीय सिरिज सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्