मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ, भोलिबाट प्रशिक्षण सुरु



काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टिमका कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै नेपाली टोलीले आइतबारबाट मैदानमा प्रशिक्षण सुरु गर्ने छ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्