सचिवालय पुनर्गठन गर्न गोकुल बाँस्कोटाको माग



काठमाडौं : पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपाका नेता गोकुल बाँस्कोटाले नयाँ पुस्ताका नेताहरुलाई समेट्ने गरी पार्टीको सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता बाँस्कोटाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सचिवालयबाटै शुरु गर्न प्रस्ताव गरेका हुन् ।

त्यसो गरियो भने कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल सकिने दाबी उनको छ ।

‘नयाँ पस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट शुरु गरौँ,’ बाँस्कोटाले ट्वीट गरेका छन्–‘कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’

त्यसोत शनिबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वमा दोस्रो तहका नेताहरुलाई अवसर दिनुपर्ने धारणा राखेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीको प्रिय पात्रका रुपमा समेत रहेका बाँस्कोटाले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्