आईपीएल : फाइनल पुग्न दिल्ली र हैदराबाद भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल पुग्नका लागि हुने दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ र, फाइनलमा मुम्बई इण्डियन्ससँग खेल्नेछ । यस खेलमा पराजित हुने टिम भने बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्