ला लिगा : रियल र भ्यालेन्सिया भिड्दै



काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ। रियल र भ्यालेन्सियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

रियल ७ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने भ्यालेन्सिया ८ खेलमा ८ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल सोसिडाडले ग्रानडासँग, गेटाफेले भिल्ला रियलसँग खेल्दा लेभान्टेले डिपोर्टिभो अलाभेससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्