इटालियन सिरी ‘ए’ : युभेन्ट्स र लाजियोबीच प्रतिस्पर्धा हुने



काठमाडौं : इटालियन सिरी ‘ए’ फुटबलमा आज युभेन्ट्स र लाजियोबीच प्रतिस्पर्धा हुने भएको छ।युभेन्ट्स र लाजियोबीचको खेल नेपाली समय अनुसार ५:१५ बजे सुरु हुनेछ ।

युभेन्ट्स ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने लाजियो १० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सिरी  ‘ए’  अन्तर्गत नै आज हुने अर्को खेलमा एसी मिलानले घरेलु मैदानमा हेलास भेरोनासँग, एटलान्टाले घरेलु मैदानमा इन्टर मिलानसँग, रोमाले जिओनासँग खेल्दा नापोली बोलोग्नासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्