काठमाडौं : मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि ढाकामा प्रशिक्षण थालेको छ । कोरोना रिर्पाट नेगेटिभ आएसँगै खेलाडीहरुले आजदेखि प्रशिक्षण सुरु गरेका हुन् ।
बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।