प्रिमियर लिग : लिभरपुल र सिटी भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । इतिहाद स्टेडियममा हुने लिभरपुल र सिटीबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

लिभरपुल ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने सिटी ६ खेलमा ११ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले घरेलु मैदानमा उल्भ्ससँग, टोटेनहमले वेस्ट ब्रुमसँग, आर्सनलले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्