पुम्से च्याम्पियनसिपमा नेपालका कमल र जितबहादुरलाई स्वर्ण



काठमाडौं : ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले स्वर्ण जितेका छन् ।

कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् ।पुरुषकै ५० वर्ष माथिको स्पर्धामा नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते ।

यता महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन् ।च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए् ।

प्रतिक्रिया दिनुहोस्