युभेन्ट्स लाजियोसँग बराबरीमा रोकियो



काठमाडौं : इटालियन सिरी ए अन्तर्गत युभेन्टस र लाजियोले बराबरी खेलेका छन्। आज भएको खेलमा युभेन्टस र लाजियो १-१ गोलको बराबरी खेलेका हुन् ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका हुन् । भने लाजियोका लागि फेलिप काइसेडोले गोल गर्दै युभेन्टसको जितलाई रोकेका थिए ।

बराबरीसंगै युभेन्टसको ७ खेलमा १३ अंक भएको छ भने लाजियोको भने ७ खेलमा ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्